Sajhamanch Archive

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् ।

आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *