Sajhamanch Archive

शिवसताक्षी उत्तर इलामको जोरपोखरी जाने बाटो छेउको खोल्सामा बेवारिसे सव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । शिवसताक्षीको दूधेबाट उत्तर झापाबाट इलामको जोरपोखरी जाने सडकको किनारमा एक जनाको वेवारिसे शव फेला परेको छ ।

इलामाको दक्षिणी क्षेत्र माई नगरपालिका वडा नम्बर ८ मा पर्ने बाटो छेउको खोल्सामा घोप्टो परेको अवस्थामा एक पुरुषको सव फेला परेको हो ।

कमेज सुरुवाल लगाएका अन्दाजी ६० वर्ष माथिको जस्तो देखिने सव गन्हानएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । शव घोप्टो परेको हुँदा कुन समुदायको पुरुषको शव हो भनेर छुट्याउन समेत कठिन भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

शव फेला परेको इलाम जिल्लामा भएपनि सुचना पाउने बित्तिकै झापाको ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली प्रहरी शव फेला परेको स्थानमा पुगेको थियो । दुधे जोरपोखरी सडकको भिरबाट करिव २ सय मिटर तल खोल्सामा शव फेला परेको हो ।

पुर्व पश्चिम राजमार्गबाट करिव ४ किलोमिटर उत्तर मैनाचुली सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न गएका गाँउलेले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *