Sajhamanch Archive

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद बैठक आह्वान गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *