Sajhamanch Archive

९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् ।

अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ ।

कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २ करोड ९३ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *