Sajhamanch Archive

उपनेताबाट तुरुन्त राजीनामा दिन सुवास नेम्वाङलाई निर्देशन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिन निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले उनलाई तुरुन्त राजीनामा दिन निर्देशन दिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन पनि गरेको रावलले बताए ।

त्यस्तै, बैठकले नेताहरु प्रभु शाह, शान्ता चौधरी, महेश बस्नेत, कर्णबहादुर थापा र सूर्य थापालाई केन्द्रीय कमिटीबाट निलम्बन गरेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *