Sajhamanch Archive

म्यानमार : प्रदर्शनकारी माथिको प्रहरी दमनमा ९ जनाको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो ।

यसको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । म्यानमारमा सैन्य ‘कू’ भएपछि विश्वभर यसको आलोचना भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *