Sajhamanch Archive

देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव

Published: in समाज by .

झापा । आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।

उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने मौसमविद् शाक्यले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *