निश्चित उमेर पार गरेपछि हामीले देहत्याग गर्छौं । तर, अब हामीले आफ्नो पुरा आयु पनि बाँच्न पाउँछौं वा पाउँदिनौं भनेर संशय गर्नुपर्ने बेला छ । हामी हत्या, दुर्घटना वा उमेर पुरा गरेर मात्र मृत्युको मुखमा पुगिरहेका छैनौं ।
हामीले प्रत्येक पल सास फेर्ने विषालु वायुले पनि अकालमै हाम्रो ज्यान लिदैछ । तपाईंलाई अचम्म लाग्न सक्छ, बर्षमा ६० लाखको मृत्यु त वायु प्रदूषणकै कारण हुने गरेका छन् ।
विश्वका उन्नत राष्ट्रहरु प्रदूषित वायुबाट कसरी बच्ने भन्नेतर्फ अग्रसर भइसकेका छन् । त्यही कारण वृक्षरोपण, विद्युतिय सवारी साधनको प्रयोग, प्रदूषित कलकारखानाको न्युनिकरण आदिमा जोडतोडका साथ लागिपरेका छन् । तर, हामी ?
विषालु वायुमण्डलमा हामी
नेपालमा वर्षेनी धुवाँ धुलोको कारण धेरै मानिसहरुमा फोस्सो, मुटु तथा स्वासप्रश्वास सम्बन्धी रोग लाग्ने गरेको छ तथा हजारौको संख्यामा मानिसहरुको ज्यान जाने गरेको छ ।
बढ्दो सवारीसाधानको चाप र यसबाट निस्कने धुवाँ तथा बाटोमा उड्ने धुलोको कारण वातावरण प्रदूषित भइरहेको छ । अव्यवस्थित तरिकाले औद्योगिक क्षेत्र सञ्चालन गर्नाले पनि नेपालको वातावरण प्रदूषण भइरहेको छ । यस्ता धुवाँ, धुलोको कारण हावामा सुक्ष्म कणहरुले भरिएको हुन्छ ।
मुटु र फोक्सोलाई घात
जर्मनको माइन्स शहरमा माक्स प्लांक इस्टिट्युटका निर्देशक प्रोफेसर योहानेस लेलीफल्डका अनुसार अधिकाशं मानिसहरुमा मुटु तथा फोक्सो रोगीहरु छन् । हृदयघात हुँदा वा स्ट्रोकबाट मानिसको मृत्यु हुने गरेको छ । साथसाथै धुलोमा पाइने टाक्सिक जस्ता सूक्ष्म कणहरु रगतमा मिसिन पुग्छ । जसको कारण मानिसको मृत्यु हुन पुग्छ ।
एसिया सबैभन्दा खतरा !
योहानेस लेलीफेल्डको टीमले पहिलो चोटि हावामा हुने सूक्ष्म कण, ओजोन र सल्फरडाइ अक्साइडको कारण मानिसहरु विरामी वा मृत्यु हुने गरेको छ भनेर पहिलो चोटि खोज गरेको थियो । उक्त अध्ययनबाट लेलीफेल्डले भनेका छन्, ‘वायु प्रदूषणको कारण एसियामा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । एसियामा जनघनत्व पनि वढी छ ।’
उनका अनुसार ठुला शहरमा हावाका सूक्ष्म कणहरुको सामना पनि गर्नु पर्ने हुन्छ । यसको कारण मानिसमा रोग पैदा हुने र समय भन्दा पहिले नै मानिसको ज्यान जाने खतारा बढी हुन्छ । चीनमा हरेक वर्ष १४ लाख मानिस सभय भन्दा पहिला मृत्यु हुने गरेको छ र भारत मा ७ लाख मानिसको ज्यान जाने गरेको छ ।
माक्स प्लांकका वैज्ञानिकहरुले यो तथ्य पृथ्वीलाई चककर लगाउने उपग्रह तथा आफ्नै अध्ययनले यो आकँडा तयार पारेको थियो ।
कसरी विषालु बन्दैछ वायु
लेलीफेल्डको भनाइअनुसार एसियामा वायु प्रदूषणको मुख्य कारण खाना पकाउनको लागि प्रयोग गर्ने चुल्हो, जाडोबाट बच्नको लागि लगाइने आगो तथा विभिन्न फोहोरहरु वेवारिसे रुपमा जलाउनाको कारण हुन । यसबाट निकै धुवाँ निस्कने गर्दछ । भारत, बंगलादेश तथा दक्षिण एसिया यो नै मुख्य कारण हुन ।
धुवाँमा अत्यन्त सूक्ष्म कणहरु हुन्छ । डिजेल जेनेरेटर, कोयलाको चुल्हो र दाउराको कारण हावामा अत्यन्त सानो कणहरु हुने गर्दछ । इन्डोनेशिया र भारतमा यसको अनुपात ५० देखि ६० प्रतिशतले बढी छ ।
अब के गर्ने त ?
सुन्दा अचम्म लाग्न सक्छ कि विषातीयुक्त हावाको मुख्य कारण कारखाना भन्दा पनि कुषि उद्योगहरुको हात रहेको छ । यूरोप, जापान र अमेरिकाको पुर्वाेत्तरमा गरिने पशुपालनको कारण बढी मात्रामा अमोनिया ग्यासँ निस्कने गर्दछ । र यसको कारण सूक्ष्म कणहरु बन्ने गर्दछ । यसतो समस्याको समाधानको लागि अरु नै रणनीतिको आवश्यक पर्दछ ।
लेलीफेल्डका अनुसार, यूरोप देशमा कृषि क्षेत्रमा उत्सर्जन कम गर्न कोशिस गर्नु पछि । यसको लागि पशुपालन उद्योगमा ध्यान दिनु पर्छ । एसियामा विना धुवाँ निकालि खाना पकाउने तथा घर तातो बनाइराख्नको लागि वैज्ञानिक तरिका अपनाउनु पर्ने हुन्छ ।
यो प्रविधि उपलब्ध छ र महँगो पनि छैन । तर यदि यसमा कुनै किसिमको उपयोग गर्न सकेन भने आउँदो २०५० सम्ममा विश्वमा कम्तिमा ६० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । र एसियामा मात्र ४० लाख मानिसको अकालमै ज्यान जान सक्छ ।
अनलाइनखबर
Comments