Sajhamanch Archive

नेकपा प्रचण्ड-माधव समूह निर्वाचन आयोग जाँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ ।

नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको हो । यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा व्यावहारिक र राजनैतिक रुपमा विभाजित भएको छ । तर, आयोगले भने ५ पुसभन्दा पछाडि गरिएको दाबीलाई मान्यता नदिने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *