Sajhamanch Archive

विप्लवले प्रधानमन्त्रीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपछि भोलिबाट बिप्लव सार्वजनिक समारोहमा देखिने भएका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा फागुन २१ गते २ बजे विशेष समारोहमा प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने उल्लेख छ ।

भोलि सुखानी शहीद स्मृति दिवस तथा परिवर्तित वर्तमान राजनीतिक सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका बीच विप्लव सार्वजनिक हुने र एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमति भएको छ ।

यद्यपी यो विषयलाई अहिले उत्ति प्रचार गरिएको छैन । सरकार–विप्लव सहतिपत्रमा समय नै उल्लेख गरेर संयुक्त सम्बोधन गर्ने निर्धारण गरिएको हो ।

सहमति पछि आज नै सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिवन्ध फुकुवा गर्ने बताइएको छ ।

(नोटः समाचार स्रोतको असावधानीका कारण पूर्व प्रकाशित समाचारमा कार्यक्रम स्थलबारे फरक ठाउँ उल्लेख भएकोले सखेद सच्याइएको छ । सम्पादक)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *