Sajhamanch Archive

म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । म्यानमारमा बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा निस्किएका छन् ।

म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । बुधवार म्यानमारमा भएको विरोध प्रदर्शनमा कम्तीमा ३८ प्रदर्शनकारीको ज्यान गएको थियो  ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरूलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ ।

नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै पनि विरोध प्रदर्शन भइरहेको छ । सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *