बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग राखि अधिकारकर्मीले गरे कपाल मुण्डन
Published: (Updated: )
by .काठमाडौं । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा आज अधिकारकर्मीले कपाल मुण्डन गरेका छन् ।
संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले सामुहिक कपाल
मुण्डन गरेका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए ।
यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।
पत्रकार सम्मेलनमा कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको बताइन् ।
भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।
Comments