Sajhamanch Archive

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो ।

सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । पुनःस्थापित संसदको बैठक यही फागुन २३ गते अपराह्न चार बजे बस्दै छ । यसअघि नै कांग्रेसले आफ्ना सांसदहरुलाई पुनःस्थापित संसद बैठक नबसेसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको कांग्रेसले संसद पुनःस्थापनापछि नेकपाका दुई खेमामध्ये कसलाई साथ दिने भनेर स्पष्ट निर्णय गरिसकेको छैन । बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पनि विनानिष्कर्ष टुंगिएको थियो ।

नयाँ सत्ता समीकरणमा कांग्रेस निर्णायक अवस्थामा छ । प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए पनि ओली पक्ष सो प्रयासलाई असफल बनाउने रणनीतिमा छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *