Sajhamanch Archive

लकडाउनपछि मात्र पाँच लाखले सवारी लाइसेन्सका लागि आवेदन दिए

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । लकडाउनपछि सवारी साधन लाइसन्सका लागि पाँच लाख व्यक्तिले आवेदन दिएका छन् ।

कोभिड–१९ को लकडाउनपश्चात अहिलेसम्म पाँच लाखले फर्म भरेको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिएका छन् ।

कोरोना भाइरस महामारीको कारण ९ महिना आवेदन बन्द भएको थियो । विभागले गत पुस १० गते एक सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी पुस १४ गतेबाट आवदेन खुला गरेको थियो । ‘आवेदन खुला भएपछि अहिलेसम्म पाँच लाखले आवेदन दिएका छन,’ उनले भने, ‘यी आवेदन भर्ने बाइक, बस, स्कुटीलगायत साधनको संख्या हो ।’

                                                                                                                 थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *