Sajhamanch Archive

माधव संस्कृत विद्याश्रममा उद्घोषण एवं व्यक्तित्व विकास तालिम

Published: (Updated: ) in शिक्षा, समाज by .

मेचीनगर । झापाको मेचीनगर-१२ मा अवस्थित श्री माधव संस्कृत विद्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

विद्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण कोष एवं वाग्वर्द्धिनी सभाको आयोजनामा गत फाल्गुण १२  गतेबाट तालिम सुरु भएको थियो ।

वाग्वर्द्धिनी सभाका अध्यक्ष चन्द्रकृष्ण पौडेलको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि श्री सरस्वती बाल कल्याण माध्यमिक विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रकाश सापकोटा रहेका थिए ।

उक्त अवसरमा तालिमका प्रशिक्षक तथा रेडियो आँगनका कार्यक्रम प्रस्तोता हरिकृष्ण भण्डारीलाई उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मान गरिएको थियो । शताधिक संघसंस्था र हजारौंलाई प्रशिक्षण दिईसकेका भण्डारी पछिल्लो समय पुर्वमा लोकप्रिय प्रशिक्षकको रुपमा परिचित छन् ।

प्रशिक्षार्थी इश्वर अधिकारीले सिकाइ मन्तव्य राखेको कार्यक्रममा गुरुकुलका प्राचार्य पुण्यप्रसाद रिजाल, सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे, नेपाल महर्षी वैदिक फाउन्डेसनका सिद्दी शिक्षक एवं गुरुकुल निरीक्षक रेणुकृष्ण अधिकारी, आचार्य पं लक्ष्मीप्रसाद मिश्र लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी सापकोटाले संस्कृत ग्रन्थ अध्ययन गरिरहने बिध्यार्थीहरुमा उद्घोषणकला अपरिहार्य रहेको बताउदै सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रशिक्षार्थी खगेन्द्र पोख्रेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा वासुदेव निरौलाले औचित्य माथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय केवलकृष्ण न्यौपाने र शान्तिराम बरालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *