Sajhamanch Archive

प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटीमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुगेका छन् ।

गौतमलाई भेट्न ओली शुक्रबार बेलुकी गौतम निवास भैंसेपार्टी पुगेका हुन् । प्रचण्ड–माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबारमात्रै प्रचण्ड–माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *