Sajhamanch Archive

प्रदेश १ का १३ स्वास्थ्यकर्मी अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मानित हुने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । यो वर्षको मार्च ८ अर्थात् १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

कोभिड १९ को महामारीमा अग्रपंतिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिएकी हुन् । सामाजिक विकास मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोभिड अस्पताल, ल्यावमा कार्यरत कर्मचारीहरुलाई सम्मानित गरिने महाशाखा प्रमुख भण्डारीले बताएकी हुन् ।

सामाजिक विकास मन्त्रालय र सामाजिक संघ–संस्थाहरुको संयुक्त आयोजनामा महिला दिवस मनाउने तयारी भएको पनि उनले जानकारी दिएकी छन् । उनका अनुसार फागुन २४ गते बिहान जिल्ला प्रशासन प्राङ्गणबाट शुरु हुने र्याली आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘महिलाको सुरक्षा, सम्मान रोजगारः समृद्ध नेपालको आधार’ भन्ने तय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *