Sajhamanch Archive

झापा प्रहरीको सफलताः तीनजना फरार अभियुक्त पक्राउ

Published: (Updated: ) in समाज by .

झापा । झापामा तीन जना फरार अभियुक्त पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेकामध्ये दुईजना सवारी ज्यान मुद्दामा कैद फैसला भएका व्यक्ति हुन् भने एक जना बहुविवाहका प्रतिवादी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका गौरीगञ्ज ३ का दिपक राय मण्डलविरुद्ध २०७५ मंसिर ११ गते सवारी ज्यान मुद्दामा १ महिना कैदको फैसला भएको थियो । त्यस्तै सोहि मुद्दाका सिन्धुली कमलामाई २ का हेमकुमार कामी पनि पक्राउ परेका छन् । उनलाई २०७६ कातिक २७ गते १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

यस्तै झापा अर्जुनधारा ४ का नरेन्द्रनारायण चौधरी पनि पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा २०७५ पुष १७ गते उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

अदालतको फैसला पछि उनीहरु फरार रहेको र प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको उनले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *