Sajhamanch Archive

बिर्तामोडमा खुल्ला व्याडमिटन प्रतियोगिता हुँदै

Published: (Updated: ) in खेलकुद by .

बिर्तामोड । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । प्रतियोगिता लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लव अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दिपेन्द्र पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग,रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन शत्यनारायण शर्माले संयुक्त रुपमा गर्ने छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले ट्रफी र प्रमाणपत्र सहित नगद २५ हजार, दोस्रोले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २०,  दोस्रोले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

उक्त प्रतियोगिता बिर्तामोड व्याडमिटन क्लवको हलमा हुने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा. गौरीशंकर झाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *