Sajhamanch Archive

पतञ्जली कमलमा पुन: ओझा

Published: (Updated: ) in शिक्षा, समाज by .

कमल । पतञ्जली योग कमल गाउँ समितीको अध्यक्षमा आगामी कार्यकालका लागी पुन: कृष्णप्रसाद ओझा सर्वसम्मत चयन भएका छन् ।

कमल गाउँपालिकामा रहेका योग शिक्षकहरुको बिहिवार सम्पन्न सत्सङ्गले अध्यक्षमा ओझालाई चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा प्रेम बिमली ,महामन्त्रीमा तिलोचन गौतम ,सह महामन्त्रीमा गोपाल भट्टराई र कोषाध्यक्षमा मोहनलाल खनाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दुर्गा अधिकारी, रत्नमाया लिम्बू ,विरेन्द्र सहनी , घनश्याम प्याकुरेल , भगवती राई, रबिन्द्र चापागाईं,डिकबहादुर लिम्बू, निरा बुडाथोकी र मनमाया कार्की चयन भएका हुन् ।

त्यस्तै सत्सङ्गले कमल युवा समितिको संयोजकमा योग शिक्षक घनश्याम प्याकुरेल, कमल महिला समितिको संयोजकमा ममता गुरुङ, सांस्कृतिक उपसमितिको संयोजकमा मिना ओझा तथा बालकृष्ण अधिकारीका संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको महामन्त्री गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *