मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
Published:
by .काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेकी छन् ।
एसिड आक्रमणमा परेकी मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानून र सजायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।’
Comments