Sajhamanch Archive

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । इङ्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ्स र २५ रनले विजयी भएको छ । इनिङ्स अन्तरको जितपछि भारतले चार खेलको सिरिज ३–१ ले जित्दै वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा समेत स्थान बनाएको छ ।

अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टेष्टमा भारतले तेस्रो दिनमै जित हात पारेको हो । इङ्ल्याण्ड दोस्रो इनिङ्समा १३५ रन जोड्दै अलआउट भएपछि भारतले एक इनिङ अन्तरको जित हात पारेको हो ।

इङ्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले सर्वाधिक ५० रन बनाए । यस्तै कप्तान जोय रुटले ३० रन जोडे । इङ्ल्याण्डलाई अलआउट गर्न भारतका अक्सर पटेल र रविचन्द्र आश्विनले ५–५ विकेट लिए ।

यसअघि भारतले पहिलो इनिङ्समा ३६५ रन बनाएको थियो । ऋषव पन्तले १०१ रन बनाएपछि भारतले पहिलो इनिङ्समा १६० रनको अग्रता बनाएको थियो ।

पहिलो इनिङ्समा इङ्ल्यान्डले २०५ रन बनाएको थियो । अब भारत र न्युजिल्याण्डबीच वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल जुनमा लर्डस्मा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *