Sajhamanch Archive

काठमाडौं आइपुग्यो मेलम्चीको पानी

Published: (Updated: ) in समाज by .

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो ।

२७ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।

शनिवार साँझ सुन्दरीजल पुगेका उनले पानी संकलन तथा प्रशोधन केन्द्रको समेत अवलोकन गरेका छन् । मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा गरेको कार्यक्रममा उनले मेलम्चीबाट आएको पानी स्विच थिचेर सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पठाएका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्री लगायत सुन्दरीजल पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *