Sajhamanch Archive

भोलि बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संसद् सचिवालयले भोलि आइतबार बस्ने संसद् बैठकको कार्यसूची सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक कार्यसूचीअनुसार राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् । लगत्तै सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, कानून मन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेपछि पहिलो पटक भोलि बैठक बस्न लागेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *