Sajhamanch Archive

यस्तो छ आजको मौसम !

Published: in समाज by .

झापा । आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको र स्थानीय वायुको पनि केही प्रभाव रहने महाशाखाले जानकारी दिएको छ ।

आज देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागसँगै काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वागमती र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *