Sajhamanch Archive

बोरुसिया डर्टमन्ड बायर्नसँग पराजित

Published: in खेलकुद by .

झापा । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ४–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गरे । गोटकले एक गोल थपे । डर्टमन्डका लागि हालान्डले दुई गोल गरे ।

जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत् राख्न सफल भएको छ । बायर्नले २४ खेलबाट ५५ अंक जोडेको छ । बायर्न दोस्रो स्थानको आरबी लाइपजिगभन्दा २ अंकले अघि छ । डर्टमन्ड ३९ अंकसहित छैटौं स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *