Sajhamanch Archive

नेकपा विवाद टुंग्याउन निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपामा जारी पार्टीको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ ।

पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहले पटकपटक दबाब दिएपछि आयोगले छलफल सुरु गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले आज पनि आयोगका पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताका लागि नेकपाको प्रचण्ड–माधव समूहले पेश गरेको दस्तावेजको अध्ययन गर्ने जानकारी दिए ।

छलफल भएपनि नेकपाको आधिकारिकता बिवाद आजै टुंगिने सम्भावना नरहेको उनको भनाइ छ । प्रचण्ड–माधव समूहले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै आधिकारिकताका दाबी गर्दै आएको छ । केही समयअघि निर्वाचन आयोगले नेकपालाई पहिलेकै अवस्थामा रहेको भन्दै आधिकारिकताका विषयमा विवाद नरहेको निर्णय गरेको थियो । तर उक्त निर्णयले प्रचण्ड–माधव समूह असन्तुष्ट बनेको थियो ।

प्रचण्ड–माधव समूहले आफूहरुले पार्टीमा गरेको नियुक्ति तथा कारबाहीलाई आयोगले नजरअन्दाज गरेको भन्दै आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा निवेदन दिएको थियो ।

                                                                                                         थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *