Sajhamanch Archive

वाग्मती र प्रदेश १ का विभिन्न ठाउँमा ८ घण्टासम्म बत्ती जाने

Published: in समाज by .

काठमाण्डौ । वाग्मती प्रदेश र प्रदेश १ का विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

वाग्मती प्रदेशको धुन्चे वितरण केन्द्रको सान्जेल फिडर, स्याफ्रु फिडर र रसुवागढी फिडरअन्तर्गतका क्षेत्रहरुमा आज ६ घण्टा बत्ती जाने भएको हो । यी क्षेत्रहरुमा बिजुलीको लाइन मर्मत गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै प्रदेश १ को इटहरी वितरण केन्द्रको उद्योग लविपुर फिडर र एनटीसी फिडरअन्तर्गतका क्षेत्रहरुमा पनि आज ८ घण्टा बत्ती जाँदैछ । उद्योग लविपुर र एनटीसी फिडरअन्तर्गत बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *