Sajhamanch Archive

दीपेन्द्रको शतकमा एपीएफलाई बलियो लक्ष्य

Published: in खेलकुद by .

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा पहिलो शतक प्रहार गर्दा नेपाल पुलिस क्लबले एपीएफलाई २५९ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रले शतकीय पारी खेले ।

प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका उनले उनले समग्रमा १३१ बल खेल्दै ११ चौका र ६ छक्काको सहयोगमा १४० रन बनाएका थिए ।

नेपाली राष्ट्रिय टोलीका उप(कप्तानसमेत रहेका दीपेन्द्रले प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका हुन् । पुलिसका लागि पवन सरार्फले ३५ रन बनाउँदा सुनील धमलाले ३३ रन बनाए ।

बलिङतर्फ एपीएफका लागि कप्तान शरद भेषावकरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा अमर राउटेलाले एक विकेट लिए ।

पहिलो खेलमा रोमाञ्चक जित निकालेको पुलिसले दोस्रो खेलमा पनि जित निकाल्ने योजना बनाएको छ । यता एपीएफले पनि आफ्नो पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *