Sajhamanch Archive

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अब एमाले र माओवादी ब्युँताउने हो भन्ने प्रश्नमा ओलीले आफूले फैसलाको पूर्णपाठ हेर्न नपाएको प्रतिक्रिया दिए ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *