Sajhamanch Archive

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा ८ प्रहरी र ५ तालिवानी लडाकुको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकुहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्रसहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए।

उक्त भिडन्तमा अरु ६ जना प्रहरी र सात जना लडाकु पनि घाइते भएको उनले बताए । हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकुबीच निरन्तरजसो भिडन्त हुने गरेका छन् । तालिवान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *