Sajhamanch Archive

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

Published: (Updated: ) in समाज by .

झापा । आज देशका पहाडी भेगको मौसम बदली भई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि-मनसुन अवधि रहेको कारण हल्का वर्षा तथा मेघगर्जन हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू–भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *