Sajhamanch Archive

सिटीको अपराजित यात्रामा पुर्णविराम

Published: in खेलकुद by .

एजेन्सी ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एक/एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो । जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *