Sajhamanch Archive

काठमाडौंद्वारा आर्मीलाई १५६ रनको लक्ष्य

Published: in खेलकुद by .

काठमाडौं । मेयर कप क्रिकेट अन्तर्गत काठमाडौं मेयर–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर–११ ले ४२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

काठमाडौं मेयर–११ का लागि सन्दीप रजाइलीले ३७ रनको यागदान गरे । त्यस्तै सौरव खनालले ४२ रन बनाउँदा सन्दीप लामिछानेले १३ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि साहव आलमले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जितेन्द्र मुखियाले तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले समान एक–एक विकेट लिए ।

पहिलो खेमला सहज जित निकालेको काठमाडौं मेयर–११ आजको खेलमा पनि जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा काठमाडौं मेयर–११ ले वाग्मती प्रदेशलाई ९४ रनले पारजित गरेको थियो । पहिलो खेलमा विभागीय टोली एपीएफसँग पराजित भएको आर्मी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *