Sajhamanch Archive

बुधबारे जेसीजद्वारा खाद्यान्य तथा पौष्टिक आहार सहयोग

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बुद्धशान्ति । बुधबारे जेसीजले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अति विपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्य तथा पौष्टिक आहार सहयोग गरेको छ ।

सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लोहार विक र उनका नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो ।

मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने भनाईलाई सार्थक रुप दिँदै बुधबारे जेसीजले १२ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट सुत्केरी तथा नवजात शिशुलाई डिस्चार्ज गर्ने पैसा नभएपछि ती महिलालाई स्थानीयले रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गरेका थिए । परिवारमा खानेकुरा नभएपछि जेसीजले सहयोग गरेको सहयोग कार्यक्रमका संयोजक रविन आचार्यले जानकारी दिए ।

उक्त सुत्केरी महिलाको परिवारलाई जेसीजले एक महिना पुग्ने चामल, दाल, तरकारी, फलफूल, ध्यू, मासु लगायतका खाद्य सामग्री प्रदान गरेको हो । सुत्केरी महिलालाई एक महिनाका लागि गाईको दुधको व्यवस्थापन पनि गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताए । साथै बच्चाका लागि आवश्यक पर्ने सामग्रीहरु पनि प्रदान गरिएको छ ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे, विनोद रिजाल, सदस्यहरु विनोद नेम्बाङ, राज पौड्याल, सुरज लिम्बु, दिनेश खतिवडा, बिष्णु लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *