Sajhamanch Archive

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

Published: (Updated: ) in प्रदेश तह, समाज by .

विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय  महिला दिवसको अवसरमा १३ जना महिलालाई सम्मानित गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्ने महिलालाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुईजना महिला प्रहरी रहेका छन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनीहरुलाई सम्मानित गरेका थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकताभन्दा गहिराईमा जानु पर्नेमा जोड दिए ।

त्यस्तै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ट रहेको बताए ।

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य-मुख्य भागको परिक्रमा गरेको  थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *