Sajhamanch Archive

प्रदेश १ कै ठुलो शिव प्रतिमा महाशिवरात्रीमा अनावरण गरिने

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड -१ देवी पञ्चकन्या टोलमा ३६ फुट अग्लो कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गरिएको छ ।

कलात्मक तथा सौन्दर्यताको हिसाबले प्रदेश १ कै ठूलो मानिएको उक्त मुर्ति महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते अनावरण गरिने सोमबार पत्रकार भेटघाट आयोजना गरेर जानकारी गराइएको हो ।

गुरु योजना बनाएर नमुना सडक, धार्मिक, पर्यटकिय स्थलको रुपमा विकास गर्न सुरु गरिएको पहिलो कार्य अन्र्तगत ३६ फुटको कैलाशेश्वर महादेवको प्रतिमामा राख्ने काम सम्पन्न भएको कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालले बताए ।

उक्त प्रतिमा जगत्गुरु शंकराचार्य हेमानन्द गिरीले अनावरण गर्ने कार्यक्रम रहेको र सो दिन शिव पूजा, अर्चना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा धार्मिक सांस्कृतिक कार्यक्रम र साँझमा शिव आरती र शिवधुनी समेत जगाउने कार्यक्रम रहेको अध्यक्ष दाहाल जानकारी दिए ।

त्यस्तै देवी पञ्चकन्या टोल प्रवेश गर्न स्वागतद्वार समेत निर्माण गरिएको कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका सचिव युवराज दाहालले बताए ।

उक्त स्वागतद्वार र कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गर्न ३६ लाखभन्दा बढी खर्च भएको र उक्त रकम स्थानीयस्तरबाट संकलन गरिएको दाहाल जानकारी दिए ।

सो पत्रकार भेटघाट कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक टीका संग्रौला, हरिप्रसाद भण्डारी, निर्जला प्रसाईं, कविता पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *