Sajhamanch Archive

जनता समाजवादीको संसदीय दलको बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थापछि प्रतिनिधिसभामा पार्टीको भूमिकाबारे छलफल गर्न जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना र त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारे सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो ।

नेकपाबारे सर्वोच्चले गरेको पछिल्लो फैसलाले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण खारेज भएपछि दुवै पार्टी पूर्व पार्टीकै अस्तित्वमा गएका बेला अब जसपा कस्तो भूमिकामा हुने भन्नेबारे बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा भोलि बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *