Sajhamanch Archive

कोरोना खोप लगाएपछि यस्ता समस्या देखिए आतिनुपर्दैन

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले आइतबारबाट समुदायस्तरमा कोरोना विरुद्धको खोप अभियान शुरू गरेको छ ।

कोरोना विरुद्धको कोभिसिल्ड खोप दोस्रो प्राथमिकतामा परेकाहरूको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ। यस अन्तरगत अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन शुरू गरिएको छ । तर खोप लगाउँदा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ ।

यस्तो समस्या देखिए आत्तिनु पर्दैन

सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुने ,थकाई र आलस्य महशुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, बान्ता आउने, मांसपेशी वा जोर्नी दुख्ने, फ्लुको जस्तो लक्षण देखिनेजस्ता सामान्य किसिमका असरहरूले खोप लिने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्दैनन् र यो विस्तारै कम भएर जाने हुन्छ ।

यस्तो असर देखिए चिकित्सकसँग सम्पर्क गरौं

सबै खोपहरू सुरक्षित हुने भएपनि केही मानिसमा खोप लगाएपछि गम्भीर खालको एलर्जी देखिएमा, श्वासप्रश्वासमा समस्या आएमा, मुटुको चालमा समस्या आएमा, शरिरमा रातोरातो बिबिरा आएमा, खोपको गम्भिर असर मानिने हुँदा खोप लगाएपछि यस्तो समस्या आएमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीसँग सम्पर्कमा बस्नुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *