Sajhamanch Archive

खोप केन्द्र ज्येष्ठ नागरिकमैत्री बनाउन काठमाडौं महानगर प्रमुखको निर्देशन

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप वितरण भइरहेका केन्द्रहरु ज्येष्ठ नागरिकमैत्री बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्देशन दिएका छन् ।

मंगलबार महानगरभित्रका खोप केन्द्रहरुको अनुगमनका क्रममा शाक्यले जेष्ठ नागरिकहरुलाई आराम गर्ने ठाउँ, इच्छाएअनुसार तातो र चिसो पिउनेपानीको व्यवस्था मिलाउन तथा आरामकक्ष र स्वास्थ्य अवस्थाको विशेष ख्याल गर्न जनस्वास्थ्य विभाग र सम्बन्धित केन्द्रहरुलाई निर्देशन दिएका हुन् ।

खोप केन्द्रमा जनशक्ति अभाव हुन नदिन पर्याप्त मात्रामा स्वास्थ्य स्वयंसेवक खटाउन पनि उनले निर्देशन दिए । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा अहिले देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइँदै छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *