Sajhamanch Archive

रणवीर कपुरलाई कोरोना

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by .

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । विश्वभर नै कोभिडका विरामी बढेको भन्दै डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ ।

भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । बलिउड चलचित्र रिलिज तथा छायांकनका लागि सरकारले अनुमती दिएपछि काम पनि धमाधम भैरहेको छ । यसैले, कलाकारहरु पनि यतिबेला चलचित्र छायांकनका लागि विभिन्न स्थानमा पुगिरहेका छन् ।

यसैविच, नायक रणवीर कपुरलाई कोरोना पोजिटिभ देखिएको छ । उनलाई कोरोना पोजिटिभ देखिएको र उनी क्वारेन्टाइनमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  केही हप्ता अगाडि मात्र रणवीरकी आमा नीतु कपुरलाई पनि कोरोना पोजिटिभ भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *