Sajhamanch Archive

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Published: (Updated: ) in समाज by .

झापा । यात्रुबाहक बसको ठक्करबाट झापाको शिवसताक्षीमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–९ यलम्बर चोकमा मंगलबार बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २७४६ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको को ३८ प ४१९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी स्कुटर चालक देवान र स्कुटरको पछाडि रहेका चुलाचुली–४ का ४० वर्षीय पूर्ण राई गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । देवानको उपचार क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *