Sajhamanch Archive

कांग्रेस नेता जोशीको अवस्था फेरि गम्भीर

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by .

काठमाडौं । मस्तिष्काघात भइ गएको फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ ।

अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैँले ८/१० पटक सास फेरिरहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *