Sajhamanch Archive

युभेन्ट्सलाई पछि पार्दै पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Published: in खेलकुद by .

काठमाडौं । युभेन्टसलाई स्तब्ध पारेर एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अन्तिम १६ को दोस्रो लिगमा मंगलबार राति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा भएको दोस्रो लेगमा ३–२ को हार बेहोरे पनि अवे गोल निर्णायक बन्यो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टसका लागि चिएसाले ४९ र ६३ औँ मिनेटमा तथा पोर्टोका लागि ओलिभेराले १९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । निर्धारित समयमा युभेन्टसको अघि रहे पनि अवे गोलका आधारमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

५४ औँ मिनेटमा तारेमी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पोर्टोका लागि ओलिभेराले ११५औँ मिनेटमा गोल गरे । ११७ औँ मिनेटमा राबिओटले गोल गरेर दोस्रो लिगमा युभेन्टसलाई जित दिलाए । तर उनको सो गोलले अवे गोलमा पोर्टोले लिएको अग्रता रोक्न सकेन ।

क्रिष्टियानो रोनाल्डोको टिम अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो । रोनाल्डोले ४९ औँ मिनेटमा गोलका लागि सहयोग गरे पनि आफूले गोल भने गर्न सकेनन् ।

मंगलबार राति नै भएको अर्को खेलमा बोरुसिया डर्टमुण्ड र सेभिल्लाले २–२ को बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित बोरुसिया अन्तिम ८ मा पुगेको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *