Sajhamanch Archive

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने जनाइएको छ ।

सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर बस्दै आएको छ । सरकारको समर्थन फिर्ता लिने वा यथावत राख्ने भन्ने विषयमा निर्णय गरिनसके पनि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यको छलफल अघि बढाएको छ ।

यही सिलसिलामा मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेट गरेका थिए ।

देउवा र भट्टराईसँगको कुराकानीबारे आजको स्थायी समिति बैठकमा प्रचण्डले नेताहरुलाई जानकारी गराउने, सरकारको समर्थन र अहिले पनि मन्त्री भइरहेका पार्टीका नेताहरुलाई के गर्ने भन्ने विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *