Sajhamanch Archive

राप्रपाले मनोनयन गर्‍यो प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

पार्टीको विधानअनुसार अध्यक्षत्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ।

प्रदेश १ को अध्यक्षमा रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ को अध्यक्षमा रामरायचन्द्र राय र महेशलाल महासेठ तथा गण्डकी प्रदेश अध्यक्षमा हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्कालाई मनोनयन गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीपकुमार उदय र उपाध्यक्ष कैलाश गुरुङ तथा कर्णाली प्रदेश अध्यक्षमा दीपबहादुर शाही र उपाध्यक्षमा जनकसिंह ठकुरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *