Sajhamanch Archive

हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

Published: in विश्व समाचार by .

एजेन्सी । सैन्य ‘कू’ को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ ।

यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।

नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *