Sajhamanch Archive

सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

बिर्तामोड । सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सवको अवसरमा झापामा भइरहेको रगतको अभाव टार्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सेञ्चुरी कमर्सियल बैंक बिर्तामोड शाखाका प्रवन्धक अजेश मण्डलले जानकारी दिए ।

रगतको अभावमा समस्यामा परेका विरामीहरुको जीवन रक्षा गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा बिर्तामोडस्थित वनस्टप मलमा भएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको उनले बताए ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले ७४ औं पटक र ओमकुमार भूजेलले ५१ औं पटक रक्तदान गरेको बताइएको छ ।

सरल बैंकिङ सवैका लागि भन्ने नाराका साथ स्थापना गरिएको सेञ्चुरी कमर्सियल बैंकले १२२ वटा शाखा, १० वटा एक्टेन्सन काउन्टर, २१ वटा व्रान्चलेस बैंकिङ, ८८ वटा एटीएम सेवामार्फत बित्तिय सेवा प्रदान गरिरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *