Sajhamanch Archive

पतन्जली योग युवा समितिको आयोजनामा विषेश आसन प्रतियोगिता हुने

Published: in विविधा by .

कमल । पतन्जली योग युवा समिति नेपालको आयोजनामा विषेश आसन प्रतियोगिता हुने भएको छ । २०७८ साल बैशाख ११ गते काठमाडौमा विषेश आसन प्रतियोगितामा हुने युवा समिति नेपालले जनाएको छ ।

सातैवटै प्रदेशबाट छनौट भएका उत्कृष्ट प्रतियोगिलाई मात्र विषेश आसन प्रतियोगितामा सहभागी गराईने तयारी भै रहेको समितिले जनाएको छ ।

प्रतियोगितामा भाग लिन ईच्छुक योग शिक्षकले २०७७ साल फागुन २८ गते भित्रमा आवेन दिनु पर्ने छ । फागुन २९ गतेबाट चैत २० सम्म अनलाईनबाट विशेष कक्षा सन्चालन गरिने छ । त्यो तालिमबाट छनौट भएका प्रतियोगिलाई चैत २१ देखी २४ गते सम्म प्रदेशस्तरिय विशेष तालिममा सहभागी गराईने योग समितिले जनाएको छ । छनौट भएका प्रतियोगिले मात्र राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने युवा नेपाल प्रदेश नम्वर १ का युवा प्रभारी बाबुराम बस्नेतले जानकारी दिए ।

प्रतियोगितमामा भागलिन ईच्छुक योग शिक्षकलाई विभिन्न उमेर समुहमा विभिाजन गरी सहभागी गराईने छ । जस अन्तरगत ७ देखि १३ वर्ष , १४ देखि १९ वर्ष, २० देखि २९वर्ष, ३० देखि ४० वर्ष र ४० वर्ष भन्दा माथि उमेर समुह अन्तरगत महिला र पुरुष बीच फरक फरक ग्रुप बनाएर प्रतियोगिता आयोजना गरिने युवा नेपाल प्रदेश नम्वर १ का युवा प्रभारी बस्नेतले बताए ।

प्रतियोगितामा प्रथम हुनेले २१ हजार रुपैया र ट्रफी, द्वितीय हुनेले ११ हजार रुपैया र ट्रफी तथा तृतीय हुनेले ५ हजार एकसय रुपैया र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा भाग लिन इच्छुक योग शिक्षकले व्याक्तिगत भए ५०० रुपैया र सामुहिक भए १ हजार स्पैया तिरेर दर्ता गर्नुपर्ने युवा समितीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *