Sajhamanch Archive

मुस्कान खातुनलाई मुस्लिम आयाेगकाे सम्मान

Published: in समाज by .

काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रममा विशेष वक्ताको रूपमा राख्ने भएको छ । खातुनलाई आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको हो ।

बुधवार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड आक्रमणविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्त्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् । एसिडविरुद्ध जनचेतना जगाउन काममा सधैँ लाग्ने पनि खातुनले बताइन् ।

केही दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशील भएर कार्य गरिरहेको भनेर खातुनलाई सम्मान गरेको थियो ।

                                                                                                  उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *